राजनीति

नयाँ शक्तिका नेता झा र शर्मा माओवादी केन्द्रमा फर्किए
SHARES

साउन २७, २०७४

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका नेताहरु रामचन्द्र झा र रामकुमार शर्मा नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँगको भेटमा झा र शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरेका प्रचण्डको निजी सचिवालयले जनाएको छ।

    छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेसमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गरेका थिए। छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्वार्टर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा र नेतृ उर्मिला अर्याल पनि सहभागी थिए। छलफलपछि नेता झा र शर्माले मधेशमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गरेका प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ।

    नेकपा एमालेबाट माओवादी केन्द्र हुँदै नयाँ शक्तिमा पुगेका झा र तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीबाट नेकपा माओवादी केन्द्र हुँदै नयाँ शक्तिमा पुगेका शर्मा पुन माओवादीमा फर्किएका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]