समाज

नक्कली चेक बनाएर सेवाग्राहीको ४० लाख रुपैयाँ झिक्ने वाणिज्य बैंकका २ कर्मचारी पक्राउ
SHARES

साउन २७, २०७४

    महोत्तरी : नक्कली चेक प्रयोग गरी सेवाग्राहीको ४० लाख रुपैयाँ निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए।

    पक्राउ परेका दुबै जनाले महोत्तरी साँढा– २ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इञ्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा उक्त बैंकमा रहेका बचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी २० लाख झिकेर हिनामिना गरेका छन्।

    त्यस्तै नक्कली चेककै प्रयोग गरी सर्लाही लालबन्दीस्थित शाखाबाट ५ लाख तथा सिरहा मिर्चैयास्थित बाट १५ लाख निकालिएको आरोपमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

    उनीहरुले बदनियतपूर्वक आफ्नो खाताबाट रकम झिकेको भन्दै इञ्जिनियर सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो। पक्राऊ परेका दुबै जनाले आफूसहित यस कार्यमा अन्य पाँचजना कर्मचारी पनि संलग्न रहेको बयान दिएका छन्।

    उनीहरु माथि बैकिङ्ग कसुर मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको तथा थप दोषी कर्मचारीलाई पनि पक्राउ गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]