प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

समाज

मन्त्रीकै अगाडि उपमहानगरका कार्यकारी अधिकृतलाई हातपात गर्ने पक्राउ
SHARES

साउन २७, २०७४

    महेन्द्रनगर : जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय शतिष झा रहेका छन्। जनकपुर उपमहानगरपालिकाका कर्मचारीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र उनीमाथि सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

    गत साउन १७ गते एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाको सहरी विकासमन्त्री प्रभु साह निरीक्षण गर्न आएका बेला जनकपुरको मुरलीचोकमा मन्त्रीकै सामुन्ने स्थानीयले उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुवेदीमाथि हातपात गरेका थिए। 

    मन्त्री साहले एडिबी परियोजना, विद्युत्, टेलिकम, खानेपानी तथा उपमहानगरपालिकाका कर्मचारीलाई निर्देशन दिइरहेको बेला कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमै बसेर मोबाइल चलाई मन्त्रीको निर्देशनलाई अवज्ञा गरेको भन्दै स्थानीय शतिष झा लगायतले उहाँलाई कुटपिट गरेको बताइएको छ। 

    वर्षात्को बेलामा सडकलाई जथाभावी खनेर राख्दा सर्वसाधारणले सास्ती पाएको र जनकपुर उपमहानगरपालिका लापर्बाही भएको भन्दै आक्रोशित स्थानीयबासिन्दाले कार्यकारी अधिकृत सुवेदीमाथि हातपात गरेका थिए। कार्यकारी अधिकृतमाथि हातपात गर्ने दोषीमाथि कार्बाहीको माग गर्दै जनकपुर उपमहानगरपालिकाका कर्मचारीले कार्यालयको कामकारवाही ठप्प गरी आन्दोलमा उत्रेका छन्। 

    पक्राउ परेका झाको रिहाईको माग गर्दै जनकपुर मुरलीचोकका स्थानीयले सडक जाम गर्दै आन्दोलनमा उत्रेका छन्। झा तत्काल रिहाइ, सडक सुधार र लापर्बाही गर्ने कार्यकारी अधिकृतलाई कारबाहीको माग गर्दै आज बिहानदेखि स्थानीयले सडक अवरुद्ध गरेर टायर बाल्दै प्रदर्शनमा उत्रेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]