|

  • गोविन्द महतो-

जनकपुरधाम : प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि टिकट वितरणको विषयमा नेकपा एमाले धनुषामा दुई समूहबीच कुटपिटको घटना सार्वनजनिक भएको छ। जनकपुर उपमहानगरपालिकाको प्रमुख पदका लागि टिकटको टुंगो लगाउन बसेको बैठकमा कुटपिटका घटना भएको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो।

नेकपा एमाले लेखा समिति धनुषाका अध्यक्ष सहदेव मुखियाले पत्रकार सम्मेलन आयोजना गरी एमालेका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज श्रीप्रसाद साहले बाहिरका मान्छे लगाएर आपूmहरुलाई कुटपिट र दुव्र्यवहार गरेको आरोप लगाएका छन्।

उनले नेकपा एमाले धनुषाको इन्चार्ज श्रीप्रसाद साहले गुट–उपगुट चलाएको तथा आफ्नै श्रीमती पिंकी साहलाई जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। २५ साउन बिहीबार राती जनकपुरस्थित सीता ल्यालेसमा आयोजना गरिएको उम्मेदवार छनोट बैठकको क्रममा दुई पक्षबीच कुटाकुट भएको थियो, ततपश्चात बैठक स्थगित भएको थियो।

जिल्ला समिति सचिवालय सदस्यसमेत रहेका मुखियाले पार्टीको प्रक्रिया र पद्धतिविरुद्ध गएर इन्चार्ज साहले बदमासी गर्ने मनसायले एमाले पार्टीलाई नुन चुरा खानेहरुको पार्टी रहेको रहेको बताउँदै उनले भने, ‘अब यो पार्टी मलाई खुवा खानेहरुको मात्रै रहेको छ, अब हाम्रो यो पार्टीमा काम छैन।’

पार्टिको हितविपरीत हेकमवादी प्रवृत्तिले काम गर्न खोजी रहेका भन्दै रघुवीर महासेठ पक्षधरहरुले साहको राजीनामाको माग गरेका छन्। लामो समयदेखि पार्टीमा लगानी भएका व्यक्तिहरुलाई पाखा लगाएर आर्थिक प्रलोभनमा परी दीपु यादवलाई टिकट दिन लागेको भन्दै बिहीबार बसेको नगर कमिटीको बैठकमा विवाद भएको थियो। 

यता, इन्चार्ज साहले पार्टीको आन्तरिक कुरा भएकोले पार्टीभित्रै समाधान गर्नु वेश हुने प्रतिक्रिया दिए। उनले पार्टी भित्रको आन्तरिक कुरा पत्रकार सम्मेलन गरेरै आफ्नो कमजोर पक्षलाई बाहिर लग्नु गलत प्रक्रिया भएको प्रतिक्रिया दिए।

स्थानीय निकायको निर्वाचन नजिकिँदै जाँदा एमालेभित्र जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको लागि पाँचजना आकांक्षी उम्मेदवार देखिएका छन्। जिल्ला समिति सदस्यहरु लक्ष्मी नारायण भगत, श्याम पूर्वे, अमरनाथ गुप्ता, दीपु यादव र शुद्धोधन यादव लगायतका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.