|

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकाको विभिन्न स्थानमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण शुक्रबार गएको पहिरोले घर पुरिँदा फालेलुङ १ को कुटीडाँडाका ८३ वर्षीया त्रिलोचन विकको मृत्यु भएको छ। उनको शव नेपाली सेनाले पहिरोग्रस्त क्षेत्रबाट निकालेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलका अनुसार घरमाथिबाट खसेको पहिरोले उनको २ वटा घर पुरिएको र २ घरमा पनि पूर्ण क्षति पुगेको छ। सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मेमेङ-पञ्चमुखी–ताङलेपा पावर हाउसमा गएको पहिरोले पुरिएर स्थानीय विष्णुभक्त राई, गंगा राई र पार्थ राईको मृत्यु भएको छ।

उनीहरुको शव पुरिएको अवस्थामा रहेको र खोजी कार्य भइरहेको डिएसपी पोख्रेलले जानकारी दिए। सोही पहिरोमा परी एकजना वृद्धा भने सामान्य घाइते भएकी छन्। पहिरोग्रस्त क्षेत्रमा नेपाली सेनाको उद्धार टोली केहीबेर अगाडि पुगेर उद्धार कार्य थालेको  छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.