राजनीति

प्राकृतिक स्रोतसम्बन्धी विधेयक पुनर्लेखन गर्न संसदीय समितिको निर्देशन
SHARES

साउन २७, २०७४

    काठमाडौं : संसदीय समितिले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ र ‘अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’ पुनर्लेखन गर्न सरकारलाई सचेत गराएको छ।

    व्यवस्थापिका संसदको अर्थ समितिले संविधानको भावना संकुचित हुनेगरी ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ र ‘अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’ आएको निश्कर्ष निकाल्दै पुनर्लेखन गर्न सरकारलाई सचेत गराएको हो। शुक्रबार बसेको समितिको बैठकले संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न गराउने किटानी व्यवस्था गरे पनि सो अनुसार विधेयक नआएको निश्कर्ष निकालेको छ। दुवै विधेयक संविधानको मर्म नै संकुचित हुने गरी आएकाले त्यसलाई पुनर्लेखन गर्न सरकारलाई सचेत गराउने निष्कर्षमा पुगिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए।

    उनले स्थानीय तहलाई अधिकार सम्पन्न गराउने गरी कानुनी व्यवस्था गर्न समिति सजग रहेको पनि स्पष्ट पारे। बैठकमा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा त्रुटी रहेको स्वीकार गरे। उनले प्राकृतिक स्रोतको बाँडफाँटको विषयलाई समूचित र न्यायोचित ढंगले व्यवस्थापन गर्न सरकार सचेत र सजग रहेको पनि

    उल्लेख गरे। मन्त्री कार्कीले सरकार स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको अधिकार, कर्तव्य र जिम्मेवारीको उचित बाँडफाँड गरेर मुलुकलाई शान्त र समृद्ध बनाउन लागि परेको दावी पनि गरे।

    समितिले विधेयकलाई समृद्ध बनाउन उपसमितिनै गठन गरेर विज्ञहरुको समेत राय सुझाव लिने तयारी पनि गरेको छ। बिहीबारदेखि दुवै विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो। विधेयकमा ३१ जना सांसदहरुले ४६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्राकृतिक स्रोतको बाँडफाँड र राजस्व बाँडफाँट जस्तो गम्भीर विषयमा स्थानीय तहलाई जिम्मेवार बनाउने गरी विधेयक नआएको समितिका सदस्यहरुको आरोप छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]