|

डडेल्धुरा : प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील रंगुन नदी। जहाँ बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। हरेक वर्ष वर्षायाममा बाढी आउँदा नदी तर्ने गाउँलेहरु यसको सिकार हुने गर्दछन्। रंगुन नदीमा पुन निर्माणाधीन अवस्थामा रहेकाले यहाँ पुलबाट वारपार गर्न अझै २ वर्ष लाग्ने स्थानीयको अनुमान छ। डडेल्धुराको परशुराम नगरपालिकामा सर्वसाधारण ज्यान जोखिममा राखेर दैनिकी चलाइरहेका छन्। आफ्नो दैनिक काम काजको लागि जोखिम मोलेर रंगुन नदी तर्नुपर्ने बाध्यता छ परशुरामको जागबुढाका स्थानीयलाई।

परशुराम नगरपालिका ४ कि शान्ति राउटे आफ्नो ज्यानको बाजी लगाएर रंगुन नदी तरेर स्थानीय बजार जोगबुढा आइन्। उनी ‘राउटे भत्ता’ बुझ्नका लागि ज्यानको बाजी लगाएर जोगबुढा बजार आएकी हुन्। ‘ट्युवबाट नदी पार गर्दा एक सय रुपैयाँ तिर्नु पर्छ’ शान्ति राउटेले भनिन्,‘पैसा तिरेर पनि नदी तर्नु पर्ने बाध्यता छ।’

त्यस्तै, सरकारी कामकाजका लागि पनि ज्यान जोखिममा राखेर नदी तर्नुपरेको स्थानीयको गुनासो छ। स्थानीय बैंकिङ कारोबार, व्यापार, अस्पताल, नागरिकता बनाउनसमेत नदी तरेर जोगबुढा आउने गरेको पत्रकार हर्क चन्दले बताएका छन्। नगरपालिकाको पपरिगाउँ, रज्यौडा, सिमलटा, कटाल, शिर्ष लगायतका स्थानीय बासीले ज्यान जोखिममा राखेर नदी तर्न पर्ने बाध्यता रहेको छ।

परशुराम नगरपालिका ५ कि गीता विकले भनिन्, नदीमा पुल भएँ, १० मिनेटमा नदीपार भई सम्बन्धित ठाउँमा पुगिन्थ्यो’ तर पुल निर्माणधीन छ, त्यसैले जीवनको बाजी लगाएर ट्युबबाट नदी वारपार गर्दैछौं।’ 

डडेल्धुराका थाहा स‌ंवाददाता प्रकाश पार्कीले स्थानीयले जाेखिम मोलेरै रंगुन नदी वारपार गर्दै गर्दा क्‍यामेरामा कैद गरेका केही झलक :

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.