|

काठमाडौँ: नेकपा एमालेले संसद्‍मा पेस गरिएको 'चिकित्सा शिक्षा विधेयक' पारित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक संसद्‍मा छलफल गरी पारित गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

'हाम्रो पार्टी छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसद्‍मा छलफल गरी पारित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ', एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने। एमालेले सरकारको अकर्मण्यता र दिशाहीनताका कारण हालसम्म पनि उक्त विधेयक पारित नभएको भन्दै यससम्बन्धमा सरकार तथा सत्ता गठबन्धनको द्वैध चरित्र प्रकट भएको भन्दै आपत्ति जनाएको छ।

'सरकारले आफ्नो दायित्व पूरा नगर्ने र यस विषयमा एमालेलाई अनावश्यक लाञ्छित गर्ने काम भएको छ। यस कुराप्रति हाम्रो गम्भीर असहमति छ', भट्टराईले भने।

बैठकमा चिकित्सा शिक्षाको क्षेत्रसँग सम्बन्धित विभिन्न माग राखी अनसन बसिरहेका डा. गोविन्द केसीको सन्दर्भमा छलफल भएको थियो। बैठकले डा. केसी र उनका प्रतिनिधिसँग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

तीन जिल्ला समन्वय समितिका उम्मेदवार टुंग्यायो

यसैबीच बैठकले भोजपुर, उदयपुर र झापाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ। भोजपुर जिससको प्रमुखमा लक्ष्मण खड्का, उदयपुरकाे जिसस प्रमुखमा खड्ग परियार, उपप्रमुखमा गंगा राई, झापा जिसस प्रमुखमा सोमनाथ पुर्तेल र उपप्रमुखमा मीना पराजुलीलाई जिल्ला समन्वय समितिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.