|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शनिबार हावाबाट निस्किएको बिजुली हस्तान्तरण गर्नका लागि जोमसोम जाने भएका छन्। यसअघि ओलीले प्रधानमन्त्री छँदा हावाबाट बिजुली निकाल्ने सपना बाँडेका थिए। यस कुरालाई धेरैले पत्याएका थिएनन्। 

ओलीको कार्ययोजना अनुरुप स्पेनिस नागरिक भिनास पिच र नेपाली नागरिक पुष्कर तिमल्सिनाको संयुक्त लगानी रहेको  बुद्ध पावर लिमिटेडले जोमसोममा ३ किलोवाट विद्युत उत्पादन गरिरहेको वायु ऊर्जा परियोजना शनिबार ओलीलाई हस्तान्तरण गर्दैछ।

यस नमुना परियोजना बुद्ध पावरले ओलीलाई हस्तान्तरण गरेपछि ओलीले नेपाल सरकारको जिम्मा लगाउनेछन्। यस कार्यक्रमका लागि शुक्रबार पोखरातर्फ गएका ओली शनिबार मुस्ताङ पुग्‍नेछन्। 

यससँगै बुद्ध पावर कम्पनीले मुस्ताङ उपत्याकाको ४८ पेज लामो बिस्तृत अध्ययन रिपोर्ट पनि एमाले अध्यक्ष ओलीलाई बुझाउने कार्यक्रम रहेको ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.