प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति

चौथो बिमिस्टेक सम्मेलन नेपालमा आयोजना हुने
SHARES

साउन २७, २०७४

    काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको संगठन ‘बिमस्टेक’ को चौथो शिखर सम्मेलन नेपालमा हुने भएको छ। विमस्टेकको शुक्रबार काठमाडौंमा सम्पन्न १५ औं मन्त्रीस्तरीय बैठकले चौथो शिखर सम्मेलन नेपालमा गर्ने निर्णय गरेको हो।

    सदस्य राष्ट्रहरुसँग आवश्यक परामर्श गरी शिखर सम्मेलनको मिति तोक्ने जिम्मेवारी पनि अध्यक्ष राष्ट्रको हैसियतले नेपाललाई दिइएको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। 

    बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सबै सदस्य राष्ट्रहरुको समय अनुकूल हुने गरी शिखर सम्मेलनको मिति तय हुने जानकारी दिए।  नेपाल, भारत,बंगलादेश, भुटान, श्रीलंका, म्यान्मार र थाईल्याण्ड बिमस्टेकका सदस्य राष्ट्रहरु हुन्। 

    बैठकले विगतमा सदस्य राष्ट्रहरुबीच भएका सहमति तत्काल कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ। सदस्य राष्ट्रहरुबीच विगतमा भएका गरिबी निवारण, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, आतंकवाद र अपराध नियन्त्रण लगायतका कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको हो। 

    परराष्ट्रमन्त्री महराले विगतमा भएका ती कार्ययोजना कार्यान्वयनमा लैजान बैठकले एक प्रवद्ध समूह गठन गर्ने निर्णय पनि गरेको जानकारी दिए। बैठकले खुला व्यापार सम्झौता लगायतका विषयलाई पनि तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । बिहीबार बैठकको उद्घाटन गर्दै विमस्टेकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यस क्षेत्रको गरिबी हटाउन सबैको सामूहिक पहलको आवश्यक्तामा रहेको बताएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]