|

नवलपरासी : लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका वडा–२ स्थित दाउन्नेमा पहिरो खसेपछि महेन्द्र राजमार्गअन्तर्गतको सडकखण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै पूर्व–पश्चिम चल्ने रुटका गाडीमा सवार थुप्रै यात्रुहरु जाममा फसेका छन्। 

पहिरो खुलाउनका लागि पहल भइरहेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक धमेन्द्र रावलले जानकारी दिए। ‘दाउन्‍नेमा पहिरो गइराख्‍ने भएकाले बर्दघाट र 
दुम्कीबासका सडक डिभिजन कार्यालय बुटबलले पहिलेदेखि नै डोजर छुट्टयाएर राख्‍ने गरेको छ।  तेल नभएका कारण दुम्कीबासबाट डोजर आउन पाएको छैन। हामी निरन्तर पहल गरिरहेका छौं,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.