|

काठमाडौं : चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै विगत १९ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीले संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयकले आफ्नो आन्दोलनको मर्म समेट्न नसकेको बताएका छन्।

डाक्टर गोविन्द केसीका तर्फबाट सरकारसँगको वार्ता टोलीका सदस्य रहेका डाक्टर अभिषेक सिंहले केसीले अनसन नताड्ने जानकारी दिए। विधेयकको ड्राफ्टमा केसी असहमत भएका कारण उनको अनसन नतोडिने डाक्टर अभिषेकले जानकारी दिए। 

आजै संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गरेको थियो।  यस विधेयक पारित भएपछि आशयपत्र लिएका ५ वटा नयाँ मेडिकल कलेजलाई सम्बन्धन प्राप्त गर्नका लागि ढोका खुलेको छ। 

डाक्टर अभिषेकका अनुसार माथेमा आयोगको प्रतिवेदनलाई नै कानुनको दफामा उल्लेख गर्न केसीले माग गरेका छन्। उनले आईओएमको स्वायत्तता र अस्पताल सुधारको मागमा आफुसँग छलफल नभएको गुनासो गरेका छन्।

चिकित्सा सुधारको माग राख्दै पटक–पटक अनसन बसिसकेका केसी अहिले ११ औं पटक अनसनरत छन्। आज उनी पछिल्लो पटक अनसन बसेको १९ दिन पुग्यो। उनको आन्दोलनमा साथ दिनका लागि देशभरका अधिकांश अस्पतालका  चिकित्सकहरुले आजबाट ओपिडी सेवा बन्द गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.