बिहान ४ बजेदेखि पहिरो पन्छाउन सुरु

|

कावासोती : लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने  दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमार्ग १० घण्टा देखि  अवरुद्ध भएको छ।

शुक्रबार साँझ ८ बजेदेखि पहिरो गए पनि डिभिजन सडक कार्यालय बुटवलले समयमा पहिरो नपन्छाउँदा शनिबार विहानसम्म  सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावलले जानकारी दिए। शुक्रबार साँझ ६ बजेदेखि नै पहिरो पन्छाउन डिभिजन सडक कार्यालयलाई अनुरोध गरेको भए पनि शनिबार बिहान ४ बजेदेखि मात्बारै काम सुरु गरिएको हो। पहिरो सफा गर्न अझै कम्तीमा ४ घण्टा लाग्ने हुनाले सडक अवरुद्ध हुने रावलले बताएका छन्।

१० घण्टादेखि सडक अवरुद्ध भएसँगै पूर्व–पश्चिम चल्ने रुटका गाडीमा सवार थुप्रै यात्रुहरु जाममा फसेका छन्।  दाउन्‍नेमा पहिरो गइराख्‍ने भएकाले बर्दघाट र  दुम्कीबासका सडक डिभिजन कार्यालय बुटबलले पहिलेदेखि नै डोजर छुट्टयाएर राख्‍ने गरेको छ। तर सडक डिभिजन कार्यालय बुटबलको लापरबाहीका कारण डिजल सकिएपछि बर्दघाट र दुम्कीबासबाट डोजर समयमा आउन पाएको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.