|

दमक : केही दिनदेखि लगातार परेको वर्षाका कारण झापाको बिभिन्न क्षेत्र डुबानमा परेका छन्। अझै पनि लगातार पानी परिरहेकाले झापाको दक्षिणी क्षेत्र डुबानको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले जानकारी दिएको छ। 

जिल्लाका माई, रतुवा, मेची, कमल, विरिङ, अदुवा लगायत नदीहरुको बहाव उच्च रहेकाले ग्रमीण बस्तीहरु अझै डुबानमा पर्ने खतरा रहेको छ। माई नदीको पानीको बहाव अहिले उच्च रहेको छ। मैनाचुलीमा रहेको जलमापन केन्द्रका अनुसार माई नदीको पानीको बहाव अहिले ५.५ मिटर प्रतिसेकेन्ड रहेको छ। यो अत्यन्तै खतराको अवस्था रहेको रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालले बताए। उक्त नदीमा ४. मिटर पानीको सतह पुग्नु खतरा स्तर हो। गत बर्ष ४.३ मिटर मात्र रहेको थियो।

बिर्तामोडमा अदुवा खोला राजमार्ग नजिकै पुगेको अवस्था रहेको ढकालले बताए। दक्षिण झापामा खतराको साइरन बजाइएको उनले थहाखबरलाई जानकारी दिए। झापा गाउँपालिकाको  सुगाबथान,सिमलबाडी लगायतका स्थानमा घरमा चार फिटसम्म पानी आएकाले सबैलाई उद्दारका लागि खटिन अनुरोध गरिएको छ।

कचनकबल गाउँपालिका घेराबारीको पिन्डाल बस्तीमा मानिस अलपत्र परेका छन्। रतुवा खोला गाउँ बस्दा कमल गाउँपालिकाको झर्का डुबानमा परेको छ। यस्तै बिरिङ राजगड गाउँमा पसेको उनले बताए।  मेची नदी गाउँ पस्दा भैसाबारिमा डुबेको उनले बताए। निन्दा खोला गाउँ पस्दा खतरा उच्च रहेको उद्धारमा खटिन उनले सबैलाई आग्रह गरे ।

माई खोलाका कारण गौरिगञ्ज र शिवसताक्षीका धेरै घरहरु डुबामानमा परेको छ। ढकालले ती स्थानमा सम्पर्क हुन नसकेकाले कति क्षति भयो भन्ने विवरण आइनसकेको बताए।

जिल्ला प्रहरी कार्यालय झापाले भने झापाको अधिकांश स्थान डुबानमा परेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माका अनुसार जिल्लामा टेलिफोन सेवा अबरुद्ध भएकाले क्षतीको बारेमा पूर्ण विवरण आइनसकेको बताए।

अहिले जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध छ। यसैबीच झापामा एक हजार घरपरिवार बाढी र डुबानको उच्च जोखिममा रहेका छन्। झापाको कनकाई, मेची, विरिङ, कमल, निन्दा, रतुवा, देउनीया, हडिया लगायतको नदीमा पानीको बहाव बढेसँगै एक हजार घर परिवार उच्च जोखिममा परेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.