|

हेटौंडा :  खेल क्षेत्रको माध्यमबाट मकवानपुर जिल्लालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने २ जना महिला खेलाडी सम्मानित भएका छन्। लायन्स क्लव अफ हेटौंडा भुटानदेवी, लियो क्लव अफ हेटौंडा भुटानदेवी र लायन्स क्लव अफ हेटौंडा मनकामनाले तीज विशेष सांस्कृतिक कार्यक्रम गरी प्रथम महिला फुटबल रेफ्री कल्पना शर्मा र मकवापनुर जुडोकी पहिलो भारत्तोलन खेलाडी अन्जु रानाभाटलाई सम्मान गरेको हो।

उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाकी उपप्रममुख मीना लामाले सम्मान गरिन्। कार्यक्रममा लामाले महिला हरेक तबरबाट सक्षम हुनु जरुरी रहेको भन्दै सम्मानले महिलालाई थप उत्साहित बनाउने बताइन्। लायन्स तथा लियो क्लव अफ हेटौंडा भुटनदेवीको नारी सम्मान अन्तर्गत महिलाहरुको कामलाई प्रोत्साहन गर्न यस बर्षदेखि तीजको अवसरमा महिलालाई सम्मान गर्न थालेको लायन्स क्लव अफ हेटौडा भुटनदेवीकी अंकिता सुमार्गीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.