|

दमक : ३१ साउनमा हुने जिल्ला समन्वयन समिति झापाको प्रमुखका लागि नेकपा एमालेले प्रमुख र उपप्रमुख टुंगो लगाएको छ। एमाले झापा अध्यक्ष चिन्तन पाठकका अनुसार जिल्ला समन्वयन समितिको प्रमुखका लागि दलित आन्दोलनका अगुवा नेता सोमनाथ पोर्तेललाई अघि सारेको छ। यस्तै, उपप्रमुखमा मीना पराजुलीलाई अघि सारिएको अध्यक्ष पाठकले बताए।

उनले पार्टीको स्थायी कमिटी बैठकले उनीहरुलाई सिफारिस गरेको बताए। जिल्ला समन्वयन समितिमा एमालेको लगभग जित निश्चित देखिएको छ। १५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३० जना मतदाता रहेको झापामा एमालेको पक्षमा १९ जना छन्।

यस्तै, राप्रपाका ४ र कांग्रेसका ७ जनाले मतदान गर्ने बताइएको छ। जिल्लामा कांग्रेस र राप्रपा मिले पनि आफूहरुको जित निश्चित भएको पाठक बताउँछन्। उनी भन्छन्, ‘हाम्रो पक्षमा १९ जना छन्, राप्रपा र कांग्रेस मिल्दा पनि ११ मत मात्र हुन्छ त्यसैले हाम्रो जित निश्चित हो।’

यसबैबीच, अहिलेसम्म जिल्ला राप्रपा र कांग्रेसले जिल्ला समन्वय  समितिमा उम्मेदवार टुंगो लगाएको छैन। कांग्रेस र राप्रपाको उम्मेदवार चर्चामा समेत आएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.