|

 गुल्मी : शुक्रबार रातीदेखि आएको अविरल वर्षासँगै गएको पहिरोले गुल्मीमा एक गोठ पुरिँदा गोरु र भैंसीको पाडी मरेका छन्। जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ६ कुर्घामा कृष्ण परियारको गोठमा रहेका गोरु र भैंसीको पाडी पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

वर्षासँगै गएको पहिरोले सोही वडाकै टीका पछाईको पक्की घरमाथिबाट पहिरो झर्दा परिवार विस्थापित भएका छन्। मध्यराती पानीसँगै आएको पहिरोले उनको घर गोठ जोखिममा परेको स्थानीय ज्ञानहरि सापकोटाले जानकारी दिए।

अविरल वर्षासँगै रिडी रुद्रवेणी वामीटक्सार सडकअन्तर्गत भुवाचिदीनजिकै गएको पहिरोले उक्त सडक अवरुद्ध भएको छ। वर्षासँगै जिल्लाका अधिकांश स्थानका कच्ची सडक बन्द भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.