|

कावासोती :  लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा  सडक भासिएको छ। सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग नै ठप्प हुने अवस्था आएको छ। शुक्रबार राती ८ बजेको समयमा पहिरो गएपछि १८ घण्टादेखि  पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

शनिबार बिहान दाउन्नेको एस मोड क्षेत्रमा सडक भासिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेक रावतले जानकारी दिए। ७ मिटर जति सडक भासिएको उनले बताए। राजमार्ग नै भासिएपछि पहिरो पन्छाएर पनि बाटो खुल्न सक्ने अवस्था नरहेको  उनले बताएका छन्।

यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत उनले आग्रह गरेका छन्। बाटो अवरुद्ध भएपछि सवारीको लामो लाइन लागेको छ।  दाउन्ने पूर्व  र पश्चिम करिब १० किलोमिटरसम्म सवारीको लाम लागेको इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ।

लामो समयसम्म सवारी जाम भएपछि यात्रुले सास्ती पाएका छन्। दाउन्ने आसपासका  कम्तीमा १० ठाउFमा सानासाना पहिरो खसेको र घिउ खोलामा पनि पहिरो खसेको छ। अहिले डोजर र एक्साभेटरले  पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पन्छाउँदै जाने तर, पहिरो खस्न नरोकिने गर्दा गाह्रो भइहरेको प्रहरीले जनाएको प्रहरीले जनाएको छ।

यसैबीच,  शुक्रबार दिउँसोबाट परेको अविरल वर्षका  जिल्लाको परासी क्षेत्र फेरि डुबानमा परेको छ। बर्दघाट, बासा, सुनवल, भूमही,  परासी बजार सरावल,  क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। राजमार्गमाथीबाटै पानी बगेपछि सवारी र पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको छ।

यस्तै जिल्लाको दक्षिणी क्षेत्र गण्डक क्षेत्र पनि पूरै डुबानमा परेको छ। सुस्ता, नर्सही, पक्लीहवा, कुडिया लगायतका क्षेत्र पूरै डुबानमा परेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। घरभित्रै पानी परेपछि सर्वसाधारण सुरक्षित  ठाउँमा बसेका छन। डुबान परेको स्थानहरुमा सुरक्षाकर्मीको टोली र दैवी प्रकोप उद्धार समिति लगायतको टोलीले उद्धारको काम गरिरहेको  प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.