|

काठमाडौं : निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो स्वामित्वमा रहेको १७ रोपनी ३ आना जग्गा बिक्री गर्न लागेको छ। काठमाडौं चन्द्रागिरि नगरपालिका ८ (साविक मातातीर्थ गाविस - ७) विभिन्न कित्तामा रहेको १७ रोपनी ३ आना जग्गा बढाबढको माध्यमबाट बिक्री गर्न एनसेलले शनिबार पत्रपत्रिकामा सूचना प्रकाशित गरेको छ। 

दुईतिर सडकले छोएको र पुरानो घरसमेत रहेको जग्गा जे जस्तो अवस्थामा छ त्यस्तै बिक्री गर्ने एनसेलले सूचनामा उल्लेख गरेको छ। उक्त जग्गाको न्यूनतम मूल्य १७ करोड १० लाख रुपैयाँ तोकेर एनसेलले त्यसभन्दा नघटाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

जग्गा किन्न चाहने व्यक्ति वा संस्थाले न्यूनतम मूल्य नघटाई किन्न चाहेको मूल्य खुलाएर गोप्य सिलबन्दी खाममा १५ दिनभित्र आफ्नो प्रस्ताव एनसेलको कार्यालयमा पेस गर्न भनिएको छ। जग्गा किन्न चाहनेले १० लाख रुपैयाँ धरौटी राख्नुपर्नेलगायत एनसेलले १० वटा सर्त राखेको छ। 

हेर्नुस् सूचना : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.