|

विराटनगर : अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा ४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। लेटाङ नगरपालिका–१ मालवासेका ३५ वर्षिय गोपीमाया तामाङको पहिरोमा परी मृत्यु भएको छ। बक्राहाको बाढीमा परी मिक्लाजुुङ गाउपालिका–२ का ३२ वर्षीय गंगाराम खतिवडाको मृत्युु भएको छ। 

लोहन्द्रा खोलाले बगाउँदा केरावारी गाउपालिका–९ का ५६ वर्षिय मिनवहादुुर थापा र घरछेउको नालीमा डुुबेर बुढीगंगा गाउँपालिका–६ कि ७५ वर्षीय वुुद्धिमाया लिम्बूको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्र सिंह थापाले जानकारी दिए।  

वृद्धाश्रमका तीन वृद्ध बेपत्ता

यसैबीच सुन्दर हरैंचा नगरपालिकामा तीन जना बाढीमा परेर वेपत्ता भएका छन्। गछिया खोला र बूढी खोलामा आएको बाढीले बलिया खापमा रहेको बृद्ध आश्रमका तीन जना वृद्धालाई बगाएर बेपत्ता बनाएको सुन्दर हरैंचा नगरपालिकाका प्रमुख शिव ढकालले जानकारी दिए। वेपत्ताको नाम थर भने खुल्न सकेको छैन। 

१५ सय घर डुबानमा, कैयौं विस्थापित

मोरङमा अहिलेसम्ममा बाढी र डुबानले झन्डै १५ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ। लगातारको वर्षाले विराटनगर महानगरपालिकाका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन्। अन्दाजी ६ सय घर डुबेको र उनीहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको प्रहरीले जनाएको छ।

उता, रतुवामाई नगरपलिका ७, ८, ९ र ५ को रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पानी पसेको छ। पानी पसेपछि झन्डै ७ सय घर डुबानमा परेका छन्। डुबानमा परेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ।

यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर अन्दाजी १ सय ५० घर डुबानमा परेका छन् भने रंगेली नगरपलिका–३ आमतोलामा ४ घर डुबानमा परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.