प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

समाज

टावरमा समस्या आउँदा पूर्वका ३ जिल्ला विद्युतविहीन
SHARES

साउन २८, २०७४

    उदयपुर : उदयपुरमा अविरल वर्षाका कारण विद्युतको टावरमा समस्या आउँदा तीन जिल्ला विद्युतविहीन भएका छन्। विद्युत प्राधिकरणको कार्यालय शाखा गाईघाटका अनुसार सिरहाको लाहनदेखि गाईघाट खण्डमा रहेको टावरमा समस्या आउँदा उदयपुर, खोटाङ ओखलढुंगा विद्युतविहीन भएका हुन्।

    विद्युत प्राधिकरण गाईघाटका प्रमुख अवधेश कुमार दुबेले तीन÷चार दिनदेखि जारी रहेको अविरल वर्षाको कारण गाईघाट लाहान खण्डमा रहेको टावरमा समस्या आएको तीन जिल्ला गएको शुक्रबार साँझबाट विद्युतविहीन भएको बताए। ‘लाहान गाईघाट खण्डमा रहेका टावरमा समस्या आएको थिएन, उनले भने, ‘शुक्रबार एक्कासि समस्या आएपछि पानी नरोकिएकाले समस्या पत्ता लगाउन समस्या भएको छ, टोली पुगे पनि टावरको समस्या खोज्न पानीले दिएको छैन।’

    राष्ट्रिय विद्युत् प्रसारणको लाइन सिरहाको लाहान, कदमाहा, गाईघाट हुँदै खोटाङबाट ओखलढुंगासमेत पुगेको छ। ‘लाहान गाईघाटमै समस्या आएको उदयपुर, खोटाङ र ओखलढुंगासमेत विद्युत अवरुद्ध हुन्छ’ उनले भने, ‘जहाँ समस्या आएको त्यहाँ क्षेत्रमा वर्षा नरोकिएकाले मर्मत गर्न नसक्ने अवस्था छ।’

    कार्यालय प्रमुख दुबेका अनुसार पानी रहेको खण्डमा शनिबार साँझसम्म विद्युत् सुचार हुने भए पनि समस्या पत्ता नलागे दुई दिनसम्म लाग्ने भएको छ।

    शुक्रबार रातीदेखि विद्युत आपूर्ति बन्द हुँदा उदयपुरबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक पत्र पत्रिकासमेत बन्द भएका छन्। विद्युत आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उदयपुरको काम कारबाहीसमेत ठप्प भएको उद्योगले जानकारी दिएको छ। यता, वर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाटलगायत सडक जलमग्न भएका छन् भने पहाडी हिउँदे सडकसमेत बन्द भएको यातयात व्यावसायीहरुले बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]