|

काठमाडौं : नयाँ शक्ति पार्टी नेपाल निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सोसाइटीले २०७४ मंसिर मसान्तभित्र प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। शनिबार काठमाडौंमा सम्पन्न सोसाइटीको केन्द्रीय परिषदको विस्तारित बैठकले आगामी मंसिरभित्र राष्ट्रिय महाधिवेशन गर्ने भएको हो।

केन्द्रीय महाधिवेशनका लागि असोज मसान्तभित्र जिल्ला एवं कात्तिक मसान्तभित्र प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय सोसाइटीले गरेको छ।

बैठकले पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघलाई सम्पूर्ण श्रमजीवी पत्रकारको साझा संगठनको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सो उद्देश्य पूर्तिका लागि महासंघको आसन्न २५औं महाधिवेशनमा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ।

सोसाइटीका संयोजक रुद्रप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनलाई लक्षित गर्दै अन्य पत्रकार संगठनहरुसँग चुनावी सहकार्य तथा रणनीति निर्माणका लागि वार्ता समिति एवं निर्वाचन परिचालन तथा समन्वय समितिसमेत गठन गरेको छ।

बैठकले विदुर खड्का, केशव अर्याल र सुदर्शन खतिवडा सम्मिलित वार्ता समिति गठन गरेको छ। सम्पूर्ण प्रदेशका संयोजक, सहसंयोजक तथा काठमाडौंमा उपलब्ध केन्द्रीय परिषद् सदस्यहरू रहने गरी योगेन्द्र प्रताप शाहीको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरेको संयोजक रुद्र भट्टले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.