|

दमक : लगातारको वर्षाले झापाका अधिकांश गाउँ डुबानमा परेका छन्। बाढीका कारण हजारौं घर ढुवानमा परेका छन्। बाढीले हजारभन्दा बढी परिवारलाई विस्थापित हुपरेको रेडक्रस झापाले जनाएको छ। यस्तै बाढीका कारण शनिकबर मात्र दुई जनाले ज्यान गुमाएका छन्।

एकजना अझैसम्म बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ज्यान गुमाउनेमा शिवसताक्षी १ का २८ वर्षीय लेखनाथ पाण्डे रहेका छन्। उनलाई झिलझिले खोलाले बगाएको हो। यस्तै, सानोमाई खोलाले बगाएर झापा गाउँपालिका २ की धनमाया घोसेनीको मृत्यु छ भने १५ वर्षीया छोरी कल्पना घोसेनी रहेको प्रहरीले जनाएको छ।  अन्य मानवीय क्षतिको भने विवरण नआएको प्रहरीले जनाएको छ।

बाढीका कारण साविकको महाभार ५ हालको गौरिगञ्ज १ स्थित झोडा बस्तीका ८५ घर परिवार अत्यन्त जोखिमा रहेको गौरिगञ्ज १ का वडाअध्यक्ष कार्तिकलाल राजबंशीले बताए। उनलका अनुसार उक्त खोलामा कनकाई माई, बनियानी र कमल खोला बसेको छ। उनले भने, ‘धेरै घरपरिवारलाई उद्धार गर्यो, त्यो ठाउँमा जानलाई हामीले प्रयास गरिरहेका छौं तर सकेका छैनौँ, एउटा नाउ लिएर जान खोजेको नाउँ पनि खोलाले बगायो।’ वर्षाका कारण जिल्लाभर विद्युत् सेवा अवरुद्ध छ।

बाँकी तस्बिर अाफैं बोल्छ :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.