|

गुल्मी : वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड शनिवार बिहानदेखि अवरुद्ध बनेको छ। उक्त सडक खण्ड मुसिकोट नगरपालिका ६ अन्र्तगत भुवाचिदी नजिकै पहिरो खसेपछि अवरुद्ध बनेकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ।

सडक अवरुद्ध बनेपछि उक्त क्षेत्रवाट तम्घास, पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने सम्पूर्ण सवारी साधनहरु ठप्प बनेका छन्। सवारी साधनहरु संचालन नभएपछि घरबाट यात्रामा निस्केका सयौं यात्रुहरु समस्यामा छन्।

अवरुद्ध सडक सुचारु गर्नका लागि पहल भैरहेको मुसिकोट नगरपालीकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। वर्षासँगै सडकमा पहिरो खस्‍ने र पानीले ठूला–ठूला खाडलहरु बनाएका कारण जिल्लाका अधिकांश ग्रामिण सडकहरुमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। अहिले जिल्लाका विभिन्‍न स्थानमा पुग्‍ने दुई दर्जन सडक पुर्ण रुपमा अवरुद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.