सुरुवाती लगानी ५ करोड

|

काठमाडौं: ग्रिल व्यवसायी संघ ललितपुरमा आबद्ध व्यवसायीहरुको संयुक्त लगानीमा ललितपुरको सातदोबाटोमा ट्रेड कम्पनी सञ्चालनमा आएको छ।

व्यवसायीहरुले पहिलो चरणमा ५ करोड रुपैयाँको संयुक्त लगानी गरी सञ्चालनमा ल्याइएको यो कम्पनीबाट ग्रिलजन्य कच्चा पदार्थ बिक्री हुनेछ। शनिबारबाट सञ्चालनमा आएको यो ट्रेड कम्पनीमा ललितपुर संघमा आबद्ध सदस्यहरुले मात्रै सेयर लिन पाउनेछन्। त्यसका लागि उनीहरुले कम्तिमा ५ लाख रुपैयाँ लगानी गर्नुपर्छ। केही वर्ष हुने नाफा थपेर सेयर बढाउने र त्यसपछि सेयर लगानीका हिसाबले फाइदा गर्ने गरी ट्रेड कम्पनी सञ्चालनमा आएको हो। 

नेपाल ग्रिल तथा स्टील व्यवसायी महासंघअन्तर्गत रहेको ललितपुर जिल्लासहित अहिले देशका ९ जिल्लामा सम्बन्धित जिल्लाका ग्रिल व्यवसायीले संयक्त लगानीमा यस्तो कम्पनी सञ्चालनमा ल्याएका छन्।  यसअघि नवलपरासी , काठमाडौं, चितवन, पोखरा र बुटवल लगायतका जिल्लामा ग्रिल व्यवसायीहरुको संयुक्त लगानीमा यस्तो कम्पनी सञ्चालनमा आएको थियो। 

'ग्रिलजन्य कच्चापदार्थमा वास्तविकभन्दा बढी मूल्य र कमसल सामाग्री आउन थालेपछि यस्तो अवधारणा महासंघले अवलम्बन गरेको हो' ग्रिल महासंघका अध्यक्ष मोहन कटुवालले थाहाखबरसँग भने।

व्यवसायीहरु आफै मिलेर सामान आयत गर्दा आवश्यकता अनुसारको सामाग्री ल्याइने र गुणस्तरीय सामान आउने हुँदा सहज हुने गरेको कटुवाल बताउछन्। ग्रिल तथा स्टील व्यवसायमा १० हजार व्यवसायी रहेको र वार्षिक ४० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको ग्रिल तथा स्टील व्यवसायी महासंघको तथ्यांक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.