|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले अविरल वर्षाको कारण वितरण प्रणालीमा समस्या आएको जनाएको छ। प्राधिकरणले प्रसारण लाइन, सब स्टेसन लगायतका संरचनामा वर्षाको कारण क्षति पुगेकोले वितरणमा समस्या आएको शनिबार सूचना जारी गर्दै जनाएको छ। 

विद्युत आपूर्तिमा भएको असुविधाप्रति ग्राहकसँग क्षमा माग्दै तदारुकताका साथ मर्मत कार्य भइरहेको प्राधिकरणले उल्लेख गरेको छ। 

'प्रसारण लाइन, सब स्टेसन तथा वितरण प्रणाली लगायतका संरचनाहरूमा ठूलो क्षति भएकोले विद्युत वितरणमा समस्या आएको हुँदा तदारुकताका साथ मर्मत कार्य भइरहेको र यस कारणले गर्दा विद्युत आपूर्तिमा पर्न गएको अवरोधले भएको असुविधाप्रति नेपाल विधुत प्राधिकरण क्षमाप्राथी छ', प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

कहाँ कहाँ समस्या?

प्राधिकरणले विद्युत आपूर्तिमा अवरोध आउनुका कारण पनि सूचनामा दिएको छ। 

– दुहबीस्थित १३२ के.भी. सब स्टेसन जलमग्न भएको।

– अनारमनी-कावेली १३२ के.भी.प्रसारण लाइनको टावर ढलेको।

– खिम्ती ढल्केबर १३२ के.भी. प्रसारण लाइनमा समस्या आएको। 

– हेटौंडा-चपुर-ढल्केबर प्रसारण लाइनमा ठूला रुखहरू ढलेको।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.