|

बर्दिया : नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्सेनि हराउँदै जान थालेका छन्। बर्दियाको मानखोला पूर्वमा रहेको ४१ नम्बरको पिलरदेखि सीमावर्ती कतर्निया मुख्य पिलर नं. ९८ सम्ममा पर्ने ८२ किलोमटिरभित्र पर्ने पिलर बर्सेनि हराउने गरेको पुष्टि भएको छ।

यस वर्ष गुलरिया नगरपालिका- १० महजिदियास्थित गाडिएको ५ वटा सहायक स्तम्भ केही दिनदेखि अघि हराएको छ। बर्सेनि सीमा स्तम्भ गायब हुने गरेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

नदी तटीयक्षेत्रका सीमा स्तम्भ बाढीले बगाउने प्रशासनले औँल्याए पनि अन्य सीमा स्तम्भ हराउने कारण पुष्टि हुन सकेको छैन।

०७०/०७१ मा १६, ०७१/०७२ मा ६ र ०७३/०७४ मा ५ वटा सीमा स्तम्भ हराएको तथ्याङ्कले देखाएको छ। केही सीमा स्तम्भ साविक ठाउमा पहिलेदेखि नरहेको थापाले जानकारी दिए। सहायक र ठूला गरी ११२ वटा सीमा स्तम्भ नरहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ। 

बर्सेनि सीमा स्तम्भ हराउँदा भारतीय पक्षले स्तम्भ हराएको ठाउमा नेपाली भूमि दावी गर्ने गरेको स्थानीयले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.