|

काठमाडौं : डेढ वर्षअघि नै सेवाबाट अनिवार्य अवकाश पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवा भए। हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक–फरक जिल्लाबाट छुट्टाछुुट्टै मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गर्ने तयारी गरेको छ।

सिंहले प्रहरी किताबखानामा पेश गरेको नागरिकतामा जन्ममिति २०१६ साल उल्लेख छ। कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाँबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ। 

प्रहरी नायब उपरीक्षकमा बढुवा भएका ९४ जनामध्ये उनी अन्तिममा बढुवा भएका थिए। उनले पेश गरेको नागरिकतामा फरक–फरक जन्ममिति फेला परेपछि प्रहरी किताबखानाले कारबाहीका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।

उनले पेश गरेको नागरिकताअनुसार डेढ वर्षअघि नै सेवाबाट अनिवार्य अवकाश पाउनुपर्ने थियो। तर ढाँटेर फरक जन्ममितिको नागरिकता पेश गरेर उनी बढुवा भएका थिए। उनको बढुवा रद्द गर्ने तयारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.