प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

छापा

बोक्सी आरोपमा दुई बुहारीले कुटे सासुलाई
SHARES

साउन २९, २०७४

    सिरहा : लहान–१ की ६० वर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणुले बोक्सीको आरोपमा कुटेर मरणासन्न बनाएका छन्। स्थानीय बासिन्दाको सहयोगमा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पुर्‍याइएकी उनको स्वास्थ्य स्थिति गम्भीर रहेको बताइएको छ।

    टाउकोबाट रगत बगिरहेको अवस्थामा  मरिकलाई अस्पताल व्याइएको लहानका डीएसपी हीराबहादुर पाण्डेले बताए। सासुमाथि कुटपिट गर्ने दुवै बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यधिक रक्सी सेवनका कारण स्थानीय ४० वर्षीय एक पुरुषको मृत्यु भएपछि बोक्सी आरोपमा बुहारी रेणु र सीताले किसनीलाई मरणासन्न हुनेगरी कुटेको स्थानीय बासिन्दाले बताएका छन्। 

    गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाको रूपमा चिनिने आफ्नी आमा (किसनी) लाई बोक्सीको आरोपमा कुटेको भन्दै छोरी मीनाले दोषीलाई कानुनी कारबाहीको माग गरेकी छिन्।

गोरखापत्र

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]