|
Photo : skysports.com

काठमाडौं : डिफेण्डिङ च्याम्पियन चेल्सीलाई इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै धक्का लागेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार शनिबार साँझ भएको खेलमा चेल्सी तुलनात्मकरुपमा कमजोर मानिएको टोली बर्नलीसँग ३-२ ले पराजित भयो।

कप्तान ग्यारी काहिल १४औं मिनेटमा नै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित बनेको चेल्सी पहिलो हाफमै ३-० ले पछि पर्‍यो। बर्नलीका लागि साम भोक्सले २ तथा स्टेफन वार्डले १ गोल गरे।

दोस्रो हाफमा चेल्सीका लागि प्रिमियर लिगमा डेब्यु गरेका अल्भारो मोराटा र डेभिड लुइजले गोल गरे पनि त्यो चेल्सीलाई १ अंकमात्र सुरक्षित गर्न पनि पर्याप्त भएन। ८१औं मिनेटमा फेब्रिगासले दोहोरो पहेँलो कार्ड पाउँदा चेल्सी अन्तिम १० मिनेट ९ खेलाडीमा सिमित बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.