|

पर्वत : मुस्ताङमा हावाबाट बिजुली निकालिएको छ। जिल्ला प्रहरी कार्यालयम हावाबाट उत्पादन गरिएको विद्युत् पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरे। 

कागबेनीमा २०४५ सालमा हावाबाट बिजुली उत्पादन भएको ३० वर्षपछि सदरमुकाम जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा हावाबाट बिजुली निकाल्न थालिएको हो। बुद्ध पावर कम्पनीले दुईवटा टावरमा राखेर निर्माण गरेको पंखाबाट ३ किलोवाट विद्युत उत्पादन भएको छ।

उत्पादित विद्युत जिल्ला प्रहरी कार्यालय मुस्ताङमा बिजुली बत्ती बाल्ने, कोठाहरु तातो बनाउने र कम्प्युटर चलाउन प्रयोग गरीने छ। बुद्धपावर कम्पनीका संस्थापक स्पेनी नागरिक राफेल भिनास पिच र नेपाली नागरीक एनआरएनका पूर्व सल्लाहकार पुष्पराज तिमिल्सिनाको खर्चमा विद्युत उत्पादन गरिएको हो।

२०४५ सालमा कागबेनीमा यसरी नै विद्युत् निकालिएको भए पनि अत्यधिक चिसो हावाको कारण पंखा भाँचिएपछि  विद्युत उत्पादन एक महिनामै बन्द भएको थियो।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले हावाबाट बिजुली निस्कन्छ भन्दा औंला उठाउनेलाई मुस्ताङ आऐर हेर्न आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.