|

काठमाडौं : फुटबल पण्डितहरुले नयाँ सिजनको प्रिमियर लिग उपाधिको प्रमुख दावेदार मानेको म्यान्चेस्टर सिटीले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा सिटीले यसै सिजन प्रिमियर लिगमा उक्लिएको ब्राइटन एण्ड हब अल्बियनलाई २-० गोल अन्तरले पराजित गर्‍यो।

निकै रक्षात्मक रणनीति अपनाएको ब्राइटनले ७० मिनेटसँग सिटीलाई रोकेको थियो। ७०औं मिनेटमा सर्जियो एग्युरोको गोलमा सिटीले अग्रता लियो। त्यसको ५ मिनेटपछि लुइस डङ्कले आत्मघाती गोल गर्दा सिटीलाई सहज जित प्राप्त भयो।

यस सिजन सरुवा बजरामा निकै सक्रिय बनेको सिटीले २०० मिलियन पाउण्डभन्दा बढी रकम खर्चिँदै गोलकिपर इडर्सनसहित फूलब्याकहरु केल वाल्कर, बेञ्जामिन मेन्डी, डानिलो र प्लेमेकर बर्नाडो सिल्भालाई टिममा भित्र्याएको छ।

गत सिजन निकै प्रभाव छाड्न सफल खेलाडीहरुलाई भित्र्याएकाले पनि सिटीले प्रिमियर लिग जित्नसक्ने फुटबल पण्डितहरुको आंकलन छ। यद्यपि प्रिमियर लिग यस्तो प्रतियोगिता हो जसमा जुनसुकै टिमले जोसुकैलाई हराउने क्षमता राख्छ। त्यसैले अहिले नै कसले जित्ला भनेर अनुमान लगाइहाल्नु निकै हतार हुनेछ।

अन्य खेलको नतिजा यस्तो छ : 

आर्सनल (विजयी) ४-३ लेस्टर सिटी
वाटफोर्ड ३- ३ लिभरपुल (बराबरी)
चेल्सी २-३ बर्नली (विजयी) 
क्रिस्टल प्यालेस ०-३ हडर्सफिल्ड टाउन (विजयी) 
एभर्टन (विजयी) १-० स्टोक सिटी
साउथम्पटन ०-० स्वान्सी सिटी
वेस्टब्रोम (विजयी) १-० बर्नेमाउथ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.