|

नवलपरासी : लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका वडा–२ स्थित दाउन्नेमा पहिरो खसेपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।

अवरुद्ध भएको ३६ घण्टाभन्दा बढी भइसक्दा पनि बाटो नखुलेका कारण यात्रुहरू मारमा परेका छन्। बर्दघाटदेखि सुनवलसम्म २५ किलोमिटर र डण्डादेखि दुम्कीबाससम्मको २५ किलोमिटर सडक सवारी जाममा परेको छ। विशेषगरी जंगल क्षेत्रमा फसेका यात्रुहरूलाई खानपानमा समस्या भएको छ।

दाउन्नेमा खसेको पहिरो हटाइए पनि सडक भासिएका कारण सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। डोजर लगाएर हटाइएका ठाउँमा पहिरो खस्ने क्रम जारी रहेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक धमेन्द्र रावलले जानकारी दिए।

शुक्रबार राति ८ बजे पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। ७ मिटर जति सडक भासिएकाले पहिरो पन्छाएर पनि बाटो खुल्न सक्ने अवस्था नरहेको  इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेक रावतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.