|

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका र वागमती गाउँपालिकामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। 

वागमती– १, फापरबारी बस्ने ५० वर्षीय पञ्चकुमार कुमाल र बकैया– ६ बस्ने ६० वर्षीय वीरबहादुर घलानको मृत्यु भएको जिप्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, शनिबारदेखि भएको वर्षाका कारण त्रिभुवन राजपथको बागजोरा, हेटौँडा–नारायणघाट सडकखण्डको मनहरी, लोथर, स्थानीय थानभर्‍याङ र हेटौँडा–वीरगञ्ज सडकखण्डको रातमाटेमा अाइतबार बिहान पहिरो जाँदा हेटौँडा–वीरगञ्ज तथा हेटौँडा–नारायणघाटतर्फको यातायात सेवा अवरुद्ध रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए। 

मौसम सुधार भए अाइतबार दिउँसोसम्म सबैतिरको यातायात सेवा सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक खटाइसकेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.