राजनीति

राप्रपा प्रजातान्त्रिक दर्ताका लागि परेको निवेदनमा आयोगले हस्ताक्षर संकलन गर्दै
SHARES

साउन २९, २०७४

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएर गठित राप्रपा प्रजातान्त्रिक दर्ताका लागि परेको निवेदनमा निर्वाचन आयोगले अाइतबार हस्ताक्षर संकलन गर्ने भएको छ। पशुपति शमशेर राणाको नेतृत्वमा नयाँ दल दर्ताका लागि साउन २२ गते निवेदन परेपछि आयोगले हस्ताक्षर संकलन गर्न लागेको हो।

    आयोगले राणालाई पत्र पठाउँदै निवेदनमा समर्थन जनाउने केन्द्रीय सदस्य र सांसदलाई सक्कल नागरिकतासहित हस्ताक्षरका लागि आयोगमा उपस्थित हुन भनेको छ। पार्टी विभाजनका लागि ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद हुनु आवाश्यक छ।

    आयोगले राप्रपाको केन्द्रीय कार्यसमिति १५६ सदस्यीय मानेको छ। नयाँ पार्टीको मान्यता पाउन राप्रपा प्रजातान्त्रिकको पक्षमा कम्तिमा ६२ केन्द्रीय सदस्यले हस्ताक्षर गर्नु आवश्यक छ। यसका अलावा १४ सांसदको हस्ताक्षर आवश्यक भए पनि राप्रपा प्रजातान्त्रिकले आफूसँग १९ सांसद रहेको दाबी गर्दै आएको छ।

    गत वर्ष राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो, त्यसको एक वर्ष बित्न नपाउँदै पार्टी विभाजन भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]