|

सुर्खेत : पहिरोले घर बगाउँदा गएराति सुर्खेत गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोलामा तीन जनाको मृत्यु भएको छ। 

शुक्रबारदेखिको वर्षासँगै पहिरोले घर लग्दा बेपत्ता भएका गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका नातिहरू १४ वर्षीय विक्रम र १२ वर्षीय शरणको मृत्यु भएको प्रहरीले जनाएको हो। 

घरमा सुतिरहेका बेला राति १२ बजे उनीहरूलाई पहिरोले पुरेको हो। घटनास्थल सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.