समाज

बाढीमा बेपत्ता यादवका परिवारलाई १० लाख रुपैयाँ राहत सिफारिस
SHARES

साउन २९, २०७४

    लहान : स्थानीय खाडो खोलाले गरिरहेको कटान रोक्न सुरक्षाकर्मीलाई सघाउने क्रममा बेपत्ता भएका सप्तरीको राजविराज– १५ का डोमी यादवका परिवारलाई  प्रशासनले १० लाख रुपैयाँ राहत दिने भएको छ।

    जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले बेपत्ता परिवारलाई तत्काल क्रिया खर्चस्वरूप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाले गत बिहीबारदेखि खोजी गरिरहे पनि नभेटिएकाले यादवको मृत्यु भएको आशङ्का गरिएको छ।

    समितिले हनुमाननगर कंकालिनी नगरपालिका, रम्पुरा मल्हनियाँ, डलवा र तिलाठीका बाढी पीडितलाई राहत र बासका लागि त्रिपालको व्यवस्था मिलाए पनि लगातारको वर्षाका कारण वितरण गर्न समस्या भएको जनाइएको छ। समितिले महुलीमा आएको बाढीबाट प्रभावित कञ्चनरुप नगरपालिका ९ रघुनाथपुरका चार र रुपनी गाउँपालिकाका दुई गरी ६ परिवारलाई २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको प्रजिअ कटवालले बताए।

    समितिले जिल्लाका बाढीबाट प्रभावितको तथ्याङ्क तत्काल संकलन गरी प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]