|

काठमाडौं : डा. गोविन्द केसीको अनशनलाई समर्थनमा सरकारी अस्पतालमा आकस्मिक सेवा बाहकेका स्वास्थ्य सेवा बन्द गराएका सरकारी चिकित्सकहरु काममा फर्किएका छन्। बाढी र पहिरोका कारण सर्वसाधारणामा देखिने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै काममा फर्किएको सरकारी चिकित्सक संघ नेपालले विज्ञप्ति मार्फत जानकारी दिएको छ। 

अध्यक्ष डा. दीपेन्द्र पाण्डेले शनिबार साँझ विज्ञप्ति जारी गरी बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिको क्षति न्युनीकरणका लागि चिकित्सकहरुलाई खटिन आह्वान गरेका छन्। सरकारी चिकित्सक संघले डा . गोविन्द केसीको जीवनरक्षा माग गर्दै सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको थियो।

शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण तराईका जिल्लाहरुमा बाढीले मानिसको मृत्यु हुनुका साथै हजारौं घर डुबानमा परेको छ। पहाडी जिल्लामा  पहिरोका कारण मानिसको मृत्यु भएको छ भने कैयौं बस्ती जोखिममा परेको छ।

हेर्नुस् विज्ञप्ति

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.