|

काठमाडौं : विगत ३ दिनयता जारी वर्षाले तराई क्षेत्र डुबानमा परेर जनजीवन अस्तव्यस्त बनेको छ। पहाडी भू-भागमा पहिरोको प्रकोप छ भने भने पूर्व पश्चिम राजमार्ग लगायतका कतिपय सडक अवरुद्ध बनेका छन्। वर्षाकै कारण ज्यान गुमाउनेको संख्या ३५ भन्दा बढी पुगेको छ।

आइतबार पनि देशका विभिन्न भागमा ठूलो वर्षा हुने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरको आकाश बादलले ढाकेको छ। मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षा हुने र पूर्वमा मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ।

आइतबार बेलुकीदेखि रातिसम्म मध्यमाञ्चल, पूर्वाञ्चल र मध्पश्चिमाञ्चलको आकाशमा लागेको बादल वर्षामा परिणत भएर भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा बाराको सिमरामा सबैभन्दा बढी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरामा १९२ मिलिमिटर पानी परेको छ। त्यस्तै नेपालगञ्जमा ६३ मिलमिटर, दाङमा ४८ मिलिमिटर, काठमाडौंमा ४७ मिलिमिटर र विराटनगरमा ३१ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.