प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

समाज

पहिरोले पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ-ठाउँमा अवरोध
SHARES

साउन २९, २०७४

    मलेखु : पाँच दिनदेखि लगातारको वर्षाका कारण धादिङको विभिन्न स्थानमा पहिरो गएको छ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ। पहिरोका कारण अवरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए।

    गजुरी गाउँपालिकाको गौदी, बेनिघाट रोराङगाउँपालिका अन्तर्गत जवाङ र ज्यामिरेघाटमा पहिरोले यातायत सेवा अवरुद्ध भएको छ। प्रहरीकाअनुसार पृथ्वीराजमार्गको साना/साना पहिरोको संख्या २० भन्दा बढी रहेको र सो पहिरो हटाउने कार्य भइरहेको छ। 

    आइतबार बिहान जोगिमाराको जावाङमा सडक माथिबाट आएको पहिरोले बा १३ च ७१४९ नं. को जिपलाई पुरेपनि यात्रुभने सुरक्षित रहेका छन्। यसैगरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दूङमा पहिरो जाँदा बिचल्लीमा परेका ३४ परिवारलाई दुई दिनदेखि राहत सामग्री पुर्‍याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए।

    पैदलमार्गबाट सो स्थानमा जान तीन दिन लाग्ने र पैदलमार्गसमेत पहिरो आएर जान नसकिने भएको उद्धार तथा राहत सेवा उपलब्ध गराउन नसकिएको हो। 

    हिन्दूङ गाउँमा ९६ घर रहेपनि ३४ परिवालाई तत्काल राहत दिनुपर्ने गरी जिल्लाविपद् व्यवस्थापन समितिले निर्णय गरेको छ। रेडक्रसले अन्तर्राट्रिय गैरसरकारी संस्थाको सहयोगमा गैर खाद्यान्न सामग्री पुर्‍याउन तयारी गरेपछि हेलिकप्टरको अभावमा लान नसकिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति नारायण तिमल्सिनाले बताए।

    उत्तरी धादिङको पैदलमार्ग समेत अवरुद्ध 

    पहिरोले उत्तरी धादिङ जोडने पैदल मार्ग अवरुद्ध भएको छ। चार दिनदेखिको लगातार वर्षाका कारण पैदल मार्ग अवरुद्ध भएपछि उत्तरको झार्लाङ, लापा, सेर्तुङ र तिप्लिङमा आवतजावत बन्द भएको छ। दुई दिनअघि हिन्दूङगाउँमा खसेको पहिरोका कारण उद्धारमा कठिनाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए।

    सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको हिन्दूङगाउँवासी दुई दिनदेखि नै गाउँ छाडेर अन्यत्र बसेकाले राहतको प्रतिक्षामा रहेको सोही स्थानका धनसिं तामाले टेलिफोनबाट जानकारी दिए।

    सदरमुकामबाट हिँडेर जानेबाटोको ठाउँ/ठाउँमा पहिरो गएको छ। लपाफेदी, धार्ना, डुन्डुरे, सेर्तु, स्याम्बोफोमा पहिरोले मानिस हिँड्न मिल्ने अवस्था छैन। पहिरो गएको स्थानमा वैकल्पिक बाटो नभएको र पानी नरोकिएसम्म पैदलमार्ग बनाउन नसकिने सेर्तुका विजय तामाले बताए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]