|

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बाढी तथा पहिरोबाट देशभर भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनले बाढी-पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।

उपराष्ट्रपति पुनले राष्ट्रले ठूलो प्राकृतिक प्रकोप भोगिरहेका बेला राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी बाढी/पहिरो प्रभावितहरुको उद्धार तथा राहत वितरणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

उनले पीडितहरुको उद्धारमा जुट्न आमनेपालीलाई अपिल गरेका छन्। 'सम्माननीय उपराष्ट्रपतिज्यूले एक नेपालीको दुःखमा अर्को नेपालीले सघाउने नेपालीहरुको गौरवपूर्ण संस्कार भएको स्मरण गर्दै बाढी पहिरो पीडितहरुको उद्धार र राहतको काममा सघाउन राजनीतिक पार्टी, विभिन्न संघ संस्था, आम नेपाली जनता र विशेष गरी युवापंक्तिहरुलाई अपील गर्नुभएको छ,' विज्ञप्तिमा भनिएको छ।

उपराष्ट्रपति पुनले सम्भावित जोखिमप्रति सचेत रहन र पूर्वतयारी अपनाउन पनि अपिल गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.