|
फाइल फोटो

वीरगंज : शुक्रबारदेखि लगातार परेको बर्षाका कारण आएको बाढीले बगाउँदा पर्सामा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा पिपरडारीका बुनी महतो र झौवागुठीका विवेक साह कानु रहेका छन्।

अविरल बर्षासंगै पर्साको ओरिया नदीमा आएको बाढीले बगाउदा शनिबार दिउँसो पर्सा पिपरडारीका बुनी महतो नदीमा डुबेर बेत्ता भएका हुन्। नदीपारी भैसी चराउन निस्केका महतो बाढी आएपछि घर फर्कनको लागि भैसीको पुच्छर समातेर नदी तर्ने क्रममा बाढीले बगाउँदा बेपत्ता भएका हुन्।

यसैगरी विन्दवासिनी गाउँपालिकाको तिलावे नदीमा बाढी हेर्न गएका स्थानीय १४ वर्षीय विकेक साह कानुलाई पनि खोलामा आएको बाढीले बगाउदा बेपत्ता भएका छन्।

बेलवा नजिकैको कटहा नदीमा एक जना पुरुषको शव फेला परेको छ। आइतबार विहान ५ बजेको समयमा बाढीले बगाएर ल्याएको शव नदी किनारमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.