|

 गुल्मी : अविरल वर्षासँगै गएको पहिरोले विद्युत् परियोजनाको नहर बगाउँदा ९ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर-७ स्थित दरमखोला लघु जलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि शनिबार  बिहानबाट परियोजना अवरुद्ध भएको छ।

अविरल वर्षाका कारण बसेरीमा झन्डै २ सय मिटर माथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए। विद्युत् परियोजनाको कुल ८५ किलोवाट क्षमता रहेको छ।

विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाको वडा नम्बर २, ७, ८ र छिमेकी जिल्ला बागलुङको बडिगाड गाउँपालिकाको वडा नम्बर ३ गरी चार वडाका ९सय घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्। ठूलो पहिरो झरेसँगै विद्युत् नहरको निर्माणकार्य तथा मर्मत  गरी सञ्चालन गर्न झन्डै एक हप्ताभन्दा बढी लाग्ने स्थानीयले बताएका छन्। विद्युत् अवरुद्धपछि सञ्चार क्षेत्र प्रभावित भएका छन्। अहिले मोबाइल चार्ज गर्न नपाएर स्थानीयवासी सम्पर्कविच्छेद भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.