|

  • दाना शाही-

जुम्ला : जिल्ला कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई अनुदानका स्याउ राख्ने कार्टुन वितरण गर्ने भएको छ। कृषि कार्यालयले १ भदौबाट २० केजी र १० केजीका स्याउका कार्टुन वितरण गर्न लागेको हो। २० केजीको प्रतिकार्टुन ४३ रुपैयाँ र १० केजीको प्रति कार्टुनको ३० रुपैयाँमा बाँड्न थालिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए।

जसमा स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत २० केजीका १ लाख ५० हजार ५ सय रुपैयाँका ३५ हजार कार्टुन बाँडिने उनले बताए। त्यस्तै, कृषि प्रसार कार्यक्रममा २० केजीका २ लाख ७९ हजार ५ सय रुपैयाँका ६ हजार ५ सय  कार्टुन र २० केजीका १ लाख ९५ हजार रुपैयाँका ६ हजार ५ सय अनुदानका कार्टुन बाँड्ने उनले जनाएका छन्।

कृषि समूह र सहकारीहरुलाई मात्र कार्टुन बाँडिने उनको भनाइ छ। कृषि समूहलाई ५० र कृषि सहकारीलाई २ सय अनुदानका कार्टुन बाँड्ने बताएका छन्। स्याउ उत्पादनको अवस्थालाई हेरेर हिमा, तिला, सिंजा, कनकासुन्दरीमा १/१ हजार र चन्दननाथ नगरपालिका, पातारासी, तातोपानी र गुठिचौर गाउँपालिकामा २/३

हजारका अनुदानका स्याउ कार्टुन बाँड्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। गत वर्ष १३ हजार अनुदानका कार्टुन बाँडिएका थिए। जिल्लामा २ लाख बराबरको कार्टुनको माग भएकोले यो बाँड्न समस्या भएको कार्यालयले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.