|

सल्यान : गुडिरहेको यात्रुवाहक बसमा पहिरो खसेर ढुंगाले लाग्दा सल्यानमा एकजनाको मृत्यु भएको छ। अन्य ११ जना घाइते छन्। बस पल्टिएर सडकबाट तल खसेको छ। राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरी खोला भन्ने स्थानमा सडक माथिबाट खसेका ठूला ठूला ढुंगाले लाग्दा अन्दाजी ३२ वर्षीय एक पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ।

यो समाचार तयार पार्दासम्म मृतकको सनाखत हुन सकेको छैन। सल्यान खलंगाबाट दाङतर्फ गइरहेको ना ३ ख ३२३० नम्बरको सल्यान रुकुम यातायात समितिको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो।

घाइतेहरुको तुलसीपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज झगबहादुर कवरले जनाएका छन्। उनका अनुसार अर्काे गाडीमा पनि झरेको ढुंगाले लागेको छ। दाङ सल्यान सडकखण्डको ठाउँठाउँमा पहिरो झरेको छ। वर्षायामको बेला माथिबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले यस सडकखण्डमा यात्रा गरिरहेको छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.