समाज

धनुषा र महोत्तरीमा बाढीले बगाएर ३ जनाको मृत्यु
SHARES

साउन २९, २०७४

    जनकपुरधाम : धनुषा र महोत्तरीमा बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ। धनुषामा दुई र महोत्तरीमा एक जनालाई बाढीले बगाउँदा मृत्यु भएको हो।

    धनुषाको नगराइन नगरपालिका ४ घोडघास बस्ने १० वर्षकी दुर्गा राउत, गणेशमान चारनाथ नगरपालिका १ फूलबरियाका २२ वर्षीय राजाराम यादव र महोत्तरी जलेश्वर नगरपालिका २ को खैराचोकका १४ वर्षीय विकी ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

    धनुषामा चारनाथ खोलाले बगाएर राजाराम यादवको मृत्यु भएको छ। मृतक यादव गोठालो गएको बेलामा आएको अत्यधिक बाढीका कारण चारनाथ खोला तर्ने क्रममा बगेर गएका थिए। बगेर गएका यादवलाई स्थानीयबासिन्दा र प्रहरीले खोजी गर्दा २ किलोमिटर टाढा मृत अवस्थामा फेला परेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

    नगराइन नगरपालिकामा आइतबार दिउँसो घाँस काट्न गएको बेला खेतमा चलेको बाढीले बगाएर वेपत्ता बनाएर मृत अवस्थामा भेटिएको छ। बालिका दुर्गासंगै बगेका अन्य दुई जना बालिकाको भने स्थानीय बासिन्दाले सकुशल उद्दार गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]