|

पर्वत : पहिरोका कारण खोला थुनिएर बनेको ताल फुटेपछि बागलुङको भीमगिठेमा रहेको ४२ किलोवाटको जलविद्युत् आयोजना बगेको छ। निरन्तरको वर्षसँगै बडीगाड गाउँपालिका अन्तर्गतको उक्त स्थानमा ठूलीचौरबाट खसेको पहिरोले स्थानीय भीमगाड खोला थुनिएको थियो।

थुनिएको पानीले निकास नपाउँदा आइतबार दिउँसो २ बजे अचानक ताल फुटेपछि खोला छेउमा रहेको भीमगाड प्रथम जलविद्युत् आयोजनाको पावर हाउस पूरै बगेको छ। पहिरोका कारण खेतीयोग्य जमिनसमेत नष्ट भएको छ। ०५५ सालमा निर्माण सुरु गरी ०५९ मा उक्त आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको थियो।

 मध्यपहाडी लोकमार्गको भीमगिठे पुलदेखि करिब ३ सय मिटरमाथि पर्ने उक्त आयोजनाबाट निकालिएको विद्युतले झन्डै ४ सय घरधुरीलाई उज्यालो बनाएको थियो। उक्त स्थानमा अझै पनि पहिरोको जोखिम रहेका कारण भीमगाड बजारवासीलाई सुरक्षित भएर रहन प्रहरीले सतर्क गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.