सरकारी कार्यालमा १० फिट पानी जम्यो

|
फाइल फोटो थाहाखबर

रौतहट : केही दिनयताको अविरल वर्षासँगै आएको बाढीले रौतहटमा ९ जनाको मृत्यु भएको छ। बाढीले बगाएर ५ जना अझै बेपत्ता छन्। मृतकमा एक गर्भवती महिलासमेत छन्। प्रसूति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लैजाने क्रममा भारतीय जिप बाढीले कटान गरेको स्थानबाट बगाउँदा परोहा गाउपालिका-३ लौकाहाका चन्दन यादवकी पत्नी २८ वर्षीया शर्मिला यादवको मृत्यु भएको हो।

सुत्केरी व्यथा लागेपछि सुरक्षित प्रसूिति गराउन भन्दै स्वास्थ्य चौकी लैजाने क्रममा चन्दनकी आमा सुमित्रा देवी, उनकी  ५ वर्षीया छोरी छोटु कुमारी, भतिजा सरोज यादव र भाउजू ललिता देवीको मृत्यु भएको छ।

त्यस्तै, दुर्गा भगवती गाउँपालिका- ६ गंगापिपरा निवासी कौशिल्या देवी, देबाही गोनाही गाउँपालिका- २ निवासी जगिया देवी, इसनाथ गाउँपालिका- ९ औरयाका सकिल देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बाढीको कारण जिल्लाका विभिन्न ठाउँका ५ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए। सुरक्षाकर्मीले बेपत्ता भएकाको खोजी गरिरहेको उनले बताए।

बाढीको पानीले रौतहटको सदरमुकाम गौरमा रहेका सरकारी कार्यालय डुबानमा परेका छन्। सरकारी कार्यालयभित्र १० फिटसम्म पानी जमेको डिएसपी नवीनकृष्ण भण्डारीले बताए। त्यस्तै, विद्युत् अवरुद्ध भएको छ भने सञ्चार सेवा पटक-पटक अवरुद्ध हुने क्रम जारी छ। विद्यालय बन्द रहेका छन्। रौतहटको ८० प्रतिशतभन्दा बढी हिस्सा डुबानमा परेको भण्डारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.