|

काठमाडौं : बाढी, पहिरो र डुवानबाट पीडित नागरिकको सहयोगका लागि नेपाली कांग्रेसका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने भएका छन्। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले सबै २ सय ७ जना सांसदले एङ्क महिनाको तलब बाढी, पहिरो र डुवान पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले एक महिनाको तलब प्रकोप पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए।

त्यस्तै कांग्रेसले बाढी, पहिरो र डुवान पीडितलाई सहयोग गर्न पार्टीमा नै एउटा कोष बनाउने निर्णय पनि गरेको छ। जसमा रकम संकलनका लागि विदेशमा रहेका जनसम्पर्क समिति मार्फत आह्वन गर्ने निर्णय गरेको कार्यसम्पादन समिति सदस्य महतले बताए। 

कांग्रेसले आफ्ना सबै जिल्ला समिति र भातृ संगठनका प्रतिनिधिलाई उद्दार तथा राहत कार्यमा खट्न पनि निर्देशन दिने निर्णय गरेको छ। शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण आइतबार दिउँसोसम्म ४९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.