|

डडेल्धुरा : सुदूरपश्चिका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ। सोमबार बिहान पौने ४ बजेदेखि डडेल्धुरा, बैतडी, डोटी र अछाम लगायतका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको हो ।

कैलालीको अत्तरियादेखि डोटीको बुढरसम्मको प्रशारण लाइनमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख राजमणि बजगाईंले जानकारी दिए। 

विद्युत् सुचारु गर्न डडेल्धुरा र अत्तरियाबाट कर्मचारीहरु खटाइएको प्रमुख बजागाईंले बताए। ‘कैलालीको अत्तरियादेखि डोटीको बुढरसम्मको लाइनमा कुन ठाउँमा समस्या आएको छ त्यो पत्ता लागेको छैन,’ बजगाईंले भने, ‘कर्मचारीहरु पठाएका छौँ, छिट्टै विद्युत् सुचारु हुन्छ।’

विद्युत् अवरुद्ध हुँदा संचारमाध्यमहरु बढी प्रभावित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.